राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिद्वारा २५ दिनमै महिलाको हत्या
काठमाडौं । अदालतबाट सुनाइएको कैद भुक्तान नहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका एक व्यक्ति २५ दिनमै महिलाको हत्या गरेका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले आममाफी पाएर छुटेको २५ दिनमै महिलाको हत्या गरेका हुन् ।
बहुविवाहको मुद्दामा दोषी ठहर गर्दै अदालतले ११ महिना कैद सुनाएकोमा उनी ६ महिनामै संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका थिए । उनै विकले मंगलबार मुसीकोट नगरपालिका–७, साँखकी २८ वर्षीया भावना विकको खलंगास्थित सत्कार होटलमा हत्या गरेका हुन् ।
हत्या आरोपमा बुधबार पक्राउ गरी विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आगामी १९ माघमा कैदमुक्त हुुनुपर्ने उनलाई सात महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो ।
सत्कार होटलको कोठा नं. १ मा भावनाको शव फेला परेपछि गरिएको अनुसन्धानमा उनको संलग्नता देखिएको दाबी प्रहरीको छ । प्रहरीका अनुसार बयानका क्रममा उनले भावनाको हत्या गरेको स्वीकार गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया