राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिद्वारा २५ दिनमै महिलाको हत्या
काठमाडौं । अदालतबाट सुनाइएको कैद भुक्तान नहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका एक व्यक्ति २५ दिनमै महिलाको हत्या गरेका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले आममाफी पाएर छुटेको २५ दिनमै महिलाको हत्या गरेका हुन् ।
बहुविवाहको मुद्दामा दोषी ठहर गर्दै अदालतले ११ महिना कैद सुनाएकोमा उनी ६ महिनामै संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका थिए । उनै विकले मंगलबार मुसीकोट नगरपालिका–७, साँखकी २८ वर्षीया भावना विकको खलंगास्थित सत्कार होटलमा हत्या गरेका हुन् ।
हत्या आरोपमा बुधबार पक्राउ गरी विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आगामी १९ माघमा कैदमुक्त हुुनुपर्ने उनलाई सात महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो ।
सत्कार होटलको कोठा नं. १ मा भावनाको शव फेला परेपछि गरिएको अनुसन्धानमा उनको संलग्नता देखिएको दाबी प्रहरीको छ । प्रहरीका अनुसार बयानका क्रममा उनले भावनाको हत्या गरेको स्वीकार गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया