साउदीलाई नेपालले दियो ३४८ रनको विशाल लक्ष्य

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपाल साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ ।
मलेसियामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ३४७ रनको विशाल स्कोर बनाएको हो । यसमा अर्जुन कुमाल र आकाश त्रिपाठीको प्रदर्शन सानदार रह्यो ।
नेपालका लागि अर्जुनले १४२, आकाशले ८९, दीपक बोहोराले २९ रन जोडे ।
प्रतिक्रिया