NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

विमानस्थलभित्रका पसलमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा रहेका देशभरका विमानस्थलका पसलमाथि छानबिन गर्ने भएको छ ।

हवाई यात्रुहरूले यी पसल/कबलहरूमा विक्री हुने वस्तु तथा सेवाबारे गुनासो गरेपछि प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अध्ययन समिति गठन गरेका हुन् ।

नेपालभरका विमानस्थलमा सञ्चालित पसलमा विक्री गरिने वस्तु तथा सेवालाई थप व्यवस्थित गर्न भन्दै प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा समिति गठन भएको हो ।

उक्त ९ सदस्यीय समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको छ । हालैमात्र मन्त्री किरातीले विमानस्थलका पसलको अनुगमन गरेका थिए ।