नक्कली पत्रकार पक्राउ

काठमाडौं । प्रहरीले एक नक्कली पत्रकारलाई पक्राउ गरेको छ । प्रहरी र पत्रकारको सामाजिक सञ्जालमा चरिहत्या गरेको आरोपमा वीरगञ्ज–१० का रवि कुमार वर्णवाललाई प्रहरीले बारामा पक्राउ गरेको हो ।
दर्ता नै नभएको अनलाइनका नाममा उनले कपोलकल्पित विषय सामाजिक सञ्जालमा पोष्ट गर्दै आएको बारा प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा प्रहरीसँग विवाद गरेको भन्दै उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धि कसुरमा प्रहरीले मुद्दा अघि बढाएको छ ।
प्रतिक्रिया