त्रिकोणात्मक टी–२० आई सिरिजः फाइनलमा युएईसँग टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइन आज हुँदैछ ।
सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र युएईबीच खेल हुन लागेको हो । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
फाइनल खेलमा नेपालले टस हारेको छ। युएईका कप्तान मोहम्मद वासिमले जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।
सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।
बुधबार हङकङसँग पराजित भएको यूएई नेटरन रेटका आधारमा फाइनल प्रवेश गरेको हो । हङकङले यूएईलाई ६९ रनले पराजित गरेको थियो ।
नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।
टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया