त्रिकोणात्मक टी–२० आई सिरिजः भुर्तेल चम्किँदा शेख र मल्ल दोहोरो रन नबनाएरै आउट

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले शानदार सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले ६ ओभरको खेल चलिरहँदा ६२ रन बनाएको छ ।
आजको खेलमा ओपनर कुशल भुर्तेल चम्केका छन् । उनले २४ बलमा ४८ रन बनाएका छन् ।
तर नेपालका ओपनर आशिफ शेख भने ७ रनमा आउट भएका छन् । ११ बल खेलेका उनले ७ रन बनाउँदै बोल्ड आउट भएका हुन् । उनलाई युएइका आयान इफजल खानले आउट गराएका हुन् ।
ओपनर शेख आउट भएपछि क्रिजमा आएका कुशल मल्ल पनि आउट भए । उनले २ बल खेल्दै एक रन मात्रै बनाएर आउट भए । उनलाई पनि आयान इफजल खानले आउट गरेका हुन् ।
प्रतिक्रिया