NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कलंकीको होटलमा जुवा खेलिरहेका ८ जना चार लाखसहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित एक होटलमा जुवा खेलिरहेकाहरु पक्राउ परेका छन् ।

चितवन भरतपुर महानगरपालिका–१० घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।