२१ गतेदेखि एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यही कातिक २१ गतेबाट एफपिओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न लागेको छ ।
उक्त एफपीओमा कातिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको । एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
एफपीओमा आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ ।
एफपिओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया