सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स र बलिङ स्ट्रोङ भएको छ : कप्तान पौडेल

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीन बलर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन् ।
भोलिदेखि काठमाडौंमा सुरु हुने टी-२० विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ । खेलका लागि नेपाल क्रिकेट संघ क्यानले शनिबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले भने, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’ पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए ।
तालिका अनुसार कीर्तिपुरस्थित टियु र मुलपानी क्रिकेट मैदानमा छनोट खेल हुनेछन् । कात्तिक १३ देखि १९ गतेसम्म आयोजना प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपाली टोलीमा कप्तान पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतीश जिसी, ललित राजवंशी, विनोद भण्डारी, र विवेक यादव छन् ।
नेपालले पहिलो खेल भोलि सिंगापुरसँग खेल्ने, टोलीमा सन्दीपको पुनरागमन
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया