तीन महिनामा तीन खर्ब ६६ अर्ब व्यापार घाटा, निर्यात घट्यो
काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती तीन महिनामा वैदेशिक व्यापार बढेको छ । साउनदेखि असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ । असोजसम्ममा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेकोको छ । सोही अवधिसम्ममा ४ खर्ब ४८ अर्ब ६३ करोड रूपैयाँ बराबर वैदेशिक व्यापार भएको हो ।
असोजसम्ममा उक्त मूल्य बराबरको वस्तु आयात हुँदा सरकारले १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख रूपैयाँ बराबर राजश्व संकलन गरेको छ ।
तीन महिनाको अवधिमा वस्तु निर्यात भने घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजसम्ममा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रूपैयाँको वस्तु निर्यात गरेको छ । जुन गत आर्थिक वर्षको असोजमसान्तसम्मको तुलनामा २.२६ प्रतिशतले कमी हो ।
नेपालले असोज मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रूपैयाँ बराबर व्यापारघाटा व्यहोरेको छ ।
नेपालले २ खर्ब २४ अर्ब ३६ करोड १३ लाख रूपैयाँ बराबर व्यापार घाटा व्यहोरको छ । त्यस्तै, चीनसँग नेपालको व्यापारघाटा ७९ अर्ब ८ करोड ८१ लाख बराबर रहेको छ ।
१७ अर्बको पेट्रोल आयात
भन्सार विभागका अनुसार असोजसम्ममा देशले १७ अर्ब १० करोड ८७ लाख रूपैयाँ पेट्रोल आयातमा खर्च गरेको छ । त्यस्तै २९ अर्ब ९२ करोडको डिजेल नेपाल भित्रिएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया