NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

भारतीले पुनः सुरु गरिन् रिले अनसन

काठमाडौं । श्रीमानको हत्या आरोपमा थुनामा रहेका अपराधीलाई दिइएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले पुनः रिले अनसन सुरु गरेकी छन् ।

उनले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी हुन् । श्रीमान चेतन मानन्धरको हत्या आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो ।

त्यसको प्रतिवादमा भारती उत्रिएकी हुन् । भारतीले आईतवारबाट माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गरेकी हुन् । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष