दशैंपछिको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । एक सातापछि खुलेको सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काअनसार आइतबार नेप्से परिसूचक २९ दशमलव १८ अंकले घटेर एक हजार आठ सय ७५ दशमलव ६५ को विन्दुमा कायम भएको हो ।
आज दुई सय ८३ कम्पनीको ३४ हजार ९० पटक कारोबारमा २७ लाख १२ हजार १२३ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी व्यापार समूह उपसूचक २.६८ प्रतिशतले घटेको छ । यसबाहेक अन्य उपसमूहरूमा बैंकिङ १.३९, विकास बैंक १.५१,वित्त १.४२, होटल तथा पर्यटन २.६३, जलविद्युत १.४६, लगानी १.६२, जीवन बीमा १.९७, उत्पादन १.१४ प्रतिशतले घटेको छ । त्यस्तै माइक्रोफाइनान्स ०.९६ र अन्य ०.९७ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले ८.९९ प्रतिशतका दरले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड वयल लिमिटेडका लगानीकर्ताले सबभन्दा धेरै गुमाएका छन् ।
कारोबार रकमको आधारमा आइतबार नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड ८ लाख ५६ हजार रूपैयाँको कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ४७ लाख २७ हजार, सिटिजन्स लाइफ इन्स्योरेन्स २ करोड ३० लाख ४ हजार, नबिल बैंक २ करोड १७ लाख ३७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया