भारतविरुद्ध इङ्ल्यान्डको आक्रामक बलिङ, श्रेयस ऐर ४ तथा बिराट काेहली ० रनमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा ५ खेलमा अपराजित यात्रा कायम राखेको भारतविरुद्ध कम्जोर मानिएको साविक विजेता इङ्गल्यान्डले आक्रामक बलिङ थालेको छ ।
लखनउमा इङ्गल्यान्डले टस जितेर फिल्ड रोजेको हो । फिल्डिङमा उत्रिएको इङ्गल्यान्डले २० ओभर बलिङ गर्दा भारतलाई तीन विकेटको क्षती पुराएको छ । उसले अहिले ७८ रन बनाएर खेलिरहेको छ ।
इङल्यान्डले २ ओभरको खेलमा त ४ मात्रै दिएको थियो । तेसा्रे ओभरमा भने भारतले २२ रन बनाएको थियो । तेस्रो ओभरको अन्तिम बलमा भारतका शुभमन गिल बोल्ड आउट भए ।
उनले १३ बलमा ९ रन जोडे । त्यसपछि क्रिजमा आएका पुर्व कप्तान बिराट कोहली छैटौँ ओभरको पाँचौ बलमा क्याच आउट भए । कोहलीलाई डेविड विलीले आउट गरे । कोहली शुन्य रनमा आउट भए । उनले ९ बल खेलेका थिए ।
त्यसपछि क्रिजमा आएका श्रेयस ऐर पनि धेरैबेर टिक्न सकेनन् । उनलाई इङ्ल्यान्डका क्रिस वोक्सले आउट गराए । उनले १६ बल खेल्दै ४ रन मात्र बनाए ।
अहिले कप्तान रोहित शर्मा र केएल राउलले क्रिज सम्हालि रहेका छन् । शर्माले ६१ बलमा ४८ तथा केएलले २९ बलमा १८ रन बनाएका छन् ।
प्रतिक्रिया