NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

नविना लामासहित नेताहरु चढेको गाडी दुर्घटना

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामासहित नेताहरु चढेको गाडी सामान्य दुर्घटनामा परेको छ ।

काभ्रेको बेथानचोक १ मा गाडी पल्टिँदा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित केही सामान्य घाइते भएका हुन् ।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिएको थियो । तर ठूलो क्षति हुन भने पाएन । ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष