सन्दीपको बलमा नेपाललाई पाँचौँ सफलता

काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल जारी छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले पाँच विकेट गुमाइसकेको छ । सन्दीप लामिछानेको बलमा सिंगापुरले पाँचौँ विकेटको रुपमा जनक प्रकाशलाई गुमाएको हो ।
नेपालका लागि गुल्सन झाले ८ ओभरमा २ विकेट लिएका छन्। उनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। चार बलपछि उनले अमार्त्य कौललाई शून्यमा आउट गरे।
नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका छन्।
यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले दोस्रो बलमै बोल्ड गरे। पाँच विकेट र १२ ओभर ३ बलमा सिंगापुरले अहिले ८५ रन बनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया