गोली प्रहारबाट घाइते भएका प्रिन्सिपलको मृत्यु
काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको मृत्यु भएको छ ।
उनिमाथि आजै अज्ञात समूहद्वारा गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगन्जस्थि बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिललास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल लगिएकोमा त्यहाँ उनको मृत्यु भएको हो । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ ।
मदर्सा टोलमा उनिमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो । दुईवटा मोटरसाइकलमा चढेर आएका ४ जनाको समूहले उनिमाथि गोली प्रहार गरेको स्थानीयले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया