NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

गोली प्रहारबाट घाइते भएका प्रिन्सिपलको मृत्यु

काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको मृत्यु भएको छ ।

उनिमाथि आजै अज्ञात समूहद्वारा गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगन्जस्थि बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिललास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल लगिएकोमा त्यहाँ उनको मृत्यु भएको हो । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ ।

मदर्सा टोलमा उनिमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो । दुईवटा मोटरसाइकलमा चढेर आएका ४ जनाको समूहले उनिमाथि गोली प्रहार गरेको स्थानीयले बताएका छन् ।