अब ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा मिल्ने

काठमाडौं । अब सवारी चेकजाँचमा पर्दा नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने भएको छ ।
नागरिक एपले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । अब देशभर जहाँ भएपनि ट्राफिक प्रहरीलाई सवारी चालकले नागरिक एपमा लिंक गरेको सवारी अनुमतिपत्र देखाउन सक्छन् ।
जारी सूचना अनुसार नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपमार्फत देखाएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशभर कार्यान्वयनमा आएको छ ।
यसको लागि नागरिक एपमा आफ्नो सवारी चालक अनुमति पत्र लिंक गर्न सकिन्छ । यो व्यवस्था देशभर कार्यान्वयनमा आएसँगै अब सवारी चालकले लाइसेन्स बोकेरै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया