अब ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा मिल्ने
काठमाडौं । अब सवारी चेकजाँचमा पर्दा नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने भएको छ ।
नागरिक एपले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । अब देशभर जहाँ भएपनि ट्राफिक प्रहरीलाई सवारी चालकले नागरिक एपमा लिंक गरेको सवारी अनुमतिपत्र देखाउन सक्छन् ।
जारी सूचना अनुसार नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपमार्फत देखाएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशभर कार्यान्वयनमा आएको छ ।
यसको लागि नागरिक एपमा आफ्नो सवारी चालक अनुमति पत्र लिंक गर्न सकिन्छ । यो व्यवस्था देशभर कार्यान्वयनमा आएसँगै अब सवारी चालकले लाइसेन्स बोकेरै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया