प्रिन्सिपलको हत्या गर्नेको खोजी गरिँदै

हवीरगञ्ज । आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ ।
मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
टाउको र छातीमा गोली लागेर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रिन्सिपल सर्राफको शव हाल अस्पतालमै राखिएको छ ।
विद्यालयबाट कलैया बजारतर्फ आउँदै गर्दा दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदर्सा टोल नजिकै प्रिन्सिपल सर्राफमाथि दुई राउण्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गर्नेहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक काफ्लेको जानकारी दिए ।
ताजा अपडेट
-
खनाल नेतृत्वको आयोगले बझायो अर्थमन्त्रीलाई प्रतिवेदन
-
मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
-
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
-
प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
-
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीले मिलेर तालिम सञ्चालन गर्ने
प्रतिक्रिया