NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आफ्नै प्रेमिकाकाे अर्को ब्वाइफ्रेण्डबाट हत्या

काठमाडौं । बारामा प्रिन्सिपलको गोली प्रहार गरि हत्या गर्ने योजना उनकै प्रेमिकाको भएको खुलेको छ ।

कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या उनकै प्रेमीकाको योजनामा भएको अनुसन्धानबाट खुलेको हो ।

रूपेशको प्रेम सम्बन्ध विवाहेत्तर रहेको प्रहरीले जनाएको छ । उनि विवाहित हुन् । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् । विहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा देिखएकाे छ ।

उनी एक महिलासँग लामो समयसम्म गहिरो प्रमेमा परेका थिए । तर सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा रहेको खुलेको छ ।

ती महिलाका प्रेमीले सर्राफलाई सम्बन्ध तोड्न पटक–पटक दवाव दिएकाे जनाइएकाे छ । तर पनि उनले छाड्न मानेका थिएनन् ।अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका देखिएको बताएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

सर्राफको सोमबार दिनदहाडै गोली हानी हत्या गरिएको थियो । सर्राफको दोस्रो प्रयासमा मात्रै हत्या भएको खुलेको छ ।

यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको भएपनि उनी उम्कन सफल भएका थिए । त्यतिबेला सर्राफले प्रहरीमा कुनै जानकारी नगराएको प्रहरी बताउँछ ।

हत्यामा संलग्न तीन जना पक्राउ पनि परेका छन् ।