सुनको मूल्य पुनः घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलाबार तेजावी सुन प्रतितोला एक लाख १५ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी १० रूपैयाँ बढेर एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया