मलेसियाले गुमायो २ विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियाले २ विकेट गुमाएको छ ।
टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अभिनास बोहराले पाँचौं ओभरमा पहिलाे विकेट लिएका हुन् । ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।
छैटौँ ओभरको अन्तिम बलमा मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइजको विकेट चट भएकाे हाे । रनआउट भई पेभेलियन फर्किनुअघि उनले तीन रन बनाएका थिए ।
मलेसियाले ६ ओभरमा ७० रन बनाएको छ ।
यसअघि अन्यथा भएकोमा सच्याइएको छः
प्रतिक्रिया