NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

गुल्सनले लिए मलेसियाको पाँचौँ विकेट

काठमाडौं। टी—२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाली क्रिकेट टिमका गुल्सन झाले मलेसियाविरुद्धको पाँचौँ विकेट लिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो पाँचौँ विकेट गुल्सनबाट गुमाएको हो ।

गुल्सनले मलेसियाका ब्याट्सम्यान सेइद अजिजलाई क्याच आउट गराए । मलेसियाका युवा ओपनर अजिजले टि२० आई क्रिकेटमा नेपालविरुद्ध तेस्रो अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि उनले २०१९ जुलाईमा मलेसियाविरुद्ध दोस्रो टि२० आई खेलमा ५० रन बनाएका थिए । २०१९ फेब्रुअरीमा उनले नेपालविरुद्ध एसिसी इस्टर्न रिजनमा थाईल्यान्डमा नेपालविरुद्ध ५१ रन बनाएका थिए ।

त्यो खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो । उनि आउट हुँदा मलेसियाले ५ विकेट गुमाएर १२५ रन बनाएको छ ।