गुल्सनले लिए मलेसियाको पाँचौँ विकेट
काठमाडौं। टी—२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाली क्रिकेट टिमका गुल्सन झाले मलेसियाविरुद्धको पाँचौँ विकेट लिएका छन् ।
मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो पाँचौँ विकेट गुल्सनबाट गुमाएको हो ।
गुल्सनले मलेसियाका ब्याट्सम्यान सेइद अजिजलाई क्याच आउट गराए । मलेसियाका युवा ओपनर अजिजले टि२० आई क्रिकेटमा नेपालविरुद्ध तेस्रो अर्धशतक प्रहार गरेका हुन् ।
यसअघि उनले २०१९ जुलाईमा मलेसियाविरुद्ध दोस्रो टि२० आई खेलमा ५० रन बनाएका थिए । २०१९ फेब्रुअरीमा उनले नेपालविरुद्ध एसिसी इस्टर्न रिजनमा थाईल्यान्डमा नेपालविरुद्ध ५१ रन बनाएका थिए ।
त्यो खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो । उनि आउट हुँदा मलेसियाले ५ विकेट गुमाएर १२५ रन बनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया