NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ठमेलमा आतंक मच्चाउने नक्कली प्रहरी जेल चलान

काठमाडौं । घुुमुवा प्रहरी हुँ भन्दै ठमेलमा आतंक मच्चाउने विश्व मल्ल जेल चलान भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध लिखत कसुर मुद्दा चलाएकोमा अदालतले जेल पठाएको हो ।

उनको साथबाट प्रहरीको नक्कली परिचयपत्र बरामद भएको थियो । ठमेलको गल्कोपाखामा उनी आफु प्रहरी हुँ भन्दै सर्वसाधरणको खानतालासी लिएका थिए । उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियो । उनको स्कुटरमा खुकुरी समेत बरामद भएको प्रहरीले जनाएको छ ।