निरन्तर ओरालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं । सोमबारयता सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ घटेर १ लाख १५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोलाएक लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला एक लाख १४ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार बढेको चाँदीको मूल्य आज ३५ रूपैयाँ घटेर एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ४२० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया