NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

‘ब्रोम्दिङ पर्यटन महोत्सव’ आजदेखि सुरू, मूख्यमन्त्री जम्कट्टेलद्वारा उद्घाटन

धादिङ । ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ आजदेखि सुरू भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङ लगायतको ठाउँ एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ सुरू भएको हो ।

महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्दैछन् । आजदेखि सुरू भएको महोत्सव भोलिसम्म चल्नेछ ।

ब्रोम्दिङ शैलुङ र दामनको सम्मिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । जहाँ शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।

२२ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा बेनीघाट रोराङ गाउँपालिका र एनटिभी मल्टिमिडिया ग्रुपको संयुक्त रूपमा यो कार्यक्रम आयोजना भएको हो ।

यस कार्यक्रमको प्रमुख उद्देश्य ब्रोम्दिङलाई पर्यटकीय गाउँको रूपमा विकास तथा प्रवर्द्धन गर्ने रहेको आयोजकले जनाएको छ । गाउँको पर्यटन प्रवर्द्धनसँगै पूर्वाधार विकास र स्थानीय सरोकारवालाहरूको विकासमा पनि कार्यक्रमले प्रत्यक्ष विकास गर्ने  कार्यक्रमको उद्देश्य रहेको छ । यसबाहेक काठमाडैदेखि ब्रोम्दिङसम्मको बाटो पूर्वाधार, यात्रा, सुन्दरतादेखि नयाँ पर्यटकीय रूट तथा गन्तव्यको विकासमा प्रत्यक्ष टेवा दिने कार्यक्रमका प्रमुख उद्देश्य छन् ।

ताजा अपडेट

नेपालवाच विशेष