नेपालले जित्यो टस, ओमानलाई ब्याटिङको निम्तो
काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ ।
नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन। नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।
समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। सफलता हात पार्ने टोली समूह विजेता बन्नेछ ।
नेपाल, यूएई र ओमन ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रका शीर्ष तीन दाबेदार राष्ट्र हुन् । तर, आठ राष्ट्र सहभागी एसिया क्षेत्रको छनोटबाट शीर्ष दुई टोलीमात्र फाइनल पुगेर विश्वकपमा पुग्नेछन् । बिहीबार समूह चरणको खेल सकिएपछि शुक्रबार नै कीर्तिपुर र मूलपानीमा दुई सेमिफाइनल खेल हुनेछ, जसले विश्वकपमा पुग्ने टोली तय गर्नेछ ।
समूह चरणको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।
उता, ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया