NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सन्दीपले लिए लगातार दुई विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेल नेपाल र ओमानबीच जारी छ ।

खेलमा नेपालका लागि सन्दीप लामिछानेले लगातार दुई विकेट लिएका छन् । उनले पाँचौँ विकेटका रुपमा ओमानका आयान खानलाई आउट गराए भने छैटौँ विकेटमा मोहरान खानलाई शून्य रनमा आउट गराए । सन्दीपले जिसन मक्सुद र आयान खानको ४९ रनको साझेदारी तोड्दै आफ्नो पहिलो विकेट लिए ।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिएका छन् । सोमपालले ओमानका शोयब खानलाई आउट गर्दै चौथौ विकेट दिलाएका हुन् । त्यस्तै, करण केसी, गुल्सन झाले समान एक विकेट लिन सफल भएका छन् ।

गुल्सन झाले ओमानका श्रीकान्त अथावलाई आउट गराएका हुन् । त्यस्तै नेपालका लागि दोस्रो विकेटमा सोमपाल कामीले ओमानका अकिब इलियास आउट गराएका थिए ।

नेपालका लागि पहिलो विकेट दिलाएका करण केसीको बलमा ओमानका कश्यप प्रजापति आउट भएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष