NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ओमानद्वारा नेपाल पाँच रनले पराजित

काठमाडौं । आइसिसी टी-२० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई पाँच रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले सबै विकेट गुमाउँदै १४० रन बनाएको हो ।

ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रनको योगफल जोडे भने ओपनर कुशल भुर्तेलले २६ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानका लागि जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रनको योगदान दिए । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४, सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए ।

नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । त्यस्तै गुलशन झा र अभिनाश बोहोराले समान एक एक विकेट लिए ।

आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल समूह ‘ए’ को उपविजेतामै सीमित भएको छ। नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता र ओमानले समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी-२० विश्वकपको टिकट काट्नेछन्।

ताजा अपडेट

नेपालवाच विशेष