नबिल इक्वीटी फण्डको सूचीकरण खारेज
काठमाडाैं । नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्जले बुधबार सूचना जारी गर्दै फण्डको स्कीम खारेज गरेको हो ।
उक्त फण्ड कार्तिक १८ गतेबाट परिपक्क हुन लागेकोले खारेज गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस योजना परिपक्क पश्चात खारेजी प्रक्रियामा जानेछ ।
नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना रहेको छ । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७३ साल भदौ १४ गते अनुमति प्राप्त गरेको थियो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने



प्रतिक्रिया