NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपालले भोलि युएईको सामना गर्ने, विश्वकप खेल्न जित्नै पर्ने दवाव

काठमाडौं । टी-२० विश्वकपमा छनोट हुनका लागि नेपालले युएईको सामना गर्नुपर्ने भएको छ ।

नेपाल समूह ‘ए’ को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह ‘बी’ को विजेता बनेको युएईसँग प्रतिस्पर्धा हुने पक्का भएको हो। यो खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।

एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो । भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका मिलेको छ ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै उपविजेतामा सिमित भएको हो । उता, मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङलाई २२ रनले हराउँदै समूह विजेता बन्न सफल भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष