नबिल बैंकले कमायो १ अर्ब ४६ करोड नाफा, यस्ता छन् अन्य सूचक
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-असोज) सम्ममा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा कम हो । गत वर्षको सोही अवधिमा नबिलले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो ।
पहिलो त्रैमासिकममा नबिल बैंकले बैंकले ४ खर्ब १४ अर्ब ४७ करोड ८० लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको भने ५३ अर्ब ५६ करोड ६४ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ । असोजसम्ममा बैंकले ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
हाल बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा १.५८ प्रतिशत छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २१.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया