नबिल बैंकले कमायो १ अर्ब ४६ करोड नाफा, यस्ता छन् अन्य सूचक
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-असोज) सम्ममा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा कम हो । गत वर्षको सोही अवधिमा नबिलले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो ।
पहिलो त्रैमासिकममा नबिल बैंकले बैंकले ४ खर्ब १४ अर्ब ४७ करोड ८० लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको भने ५३ अर्ब ५६ करोड ६४ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ । असोजसम्ममा बैंकले ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
हाल बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा १.५८ प्रतिशत छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २१.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया