NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित

काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित गरिएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्ड गरेको हो ।

प्राधिकरणले उनीहरूलाई ग्राउण्डेड गर्दै थप छानविन गर्ने जनाइसकेको छ ।

शुक्रबार विहान लुक्लाबाट मन्थलीमा जहाज अवतरण गराएपछि दुई पाइलटबीच युनिफर्ममै कुटाकुटको अवस्था आएको थियो । उक्त घटना बाहिरिएपछि दुवै निलम्बनमा परेका हुन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार घटनाको विस्तृत छानविन गरेर कति समयका लागि लाइसेन्स निलम्बन गर्ने भन्नेबारे निक्र्यौल हुनेछ ।