विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित गरिएको छ ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्ड गरेको हो ।
प्राधिकरणले उनीहरूलाई ग्राउण्डेड गर्दै थप छानविन गर्ने जनाइसकेको छ ।
शुक्रबार विहान लुक्लाबाट मन्थलीमा जहाज अवतरण गराएपछि दुई पाइलटबीच युनिफर्ममै कुटाकुटको अवस्था आएको थियो । उक्त घटना बाहिरिएपछि दुवै निलम्बनमा परेका हुन् ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार घटनाको विस्तृत छानविन गरेर कति समयका लागि लाइसेन्स निलम्बन गर्ने भन्नेबारे निक्र्यौल हुनेछ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया