दुई पाइलटबीचको झगडा प्रकरणमा मन्थली विमानस्थलका प्रमुख पनि निलम्बित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ ।
दुई पाइलटबीचको झगडा प्रकरणमा विमानस्थल प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् ।
अर्को सूचना जारी नभएसम्म थापालाई निलम्बन गरेर छानविन गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसअघि पाइलट द्वय सन्तोष शाह र सञ्जीव श्रेष्ठको पनि लाइसेन्स सस्पेन्ड गरिसकेको छ ।
शुक्रबार विहान लुक्लाबाट मन्थलीमा जहाज अवतरण गराएपछि दुई पाइलटबीच युनिफर्ममै कुटाकुटको अवस्था आएको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया