NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

१० वर्षपछि टी-२० विश्वकपमा नेपाल

काठमाडौं । नेपाल टी-२० विश्वकपका लागि छनोट भएको छ ।

आज भएको निर्णायक खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा छनोट भएको हो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६५ रनको योगदान दिए भने कप्तान रोहितकुमार पौडेलले ४० रनको योगफल बनाए ।

टस जितेर ब्याटिङ रोजेको युएईले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान दिए ।

युएईविरुद्ध उत्रिएको नेपालले १७ ओभर र दुई विकेटको क्षतिमा युएईले दिएको लक्ष्य सहजै भेट्टाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । त्यस्तै नेपालका लागि रोहितकुमार पौडेलले एक विकेट लिए ।

नेपालले अब आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप खेल्नेछ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।