NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको कुल व्यवसाय झण्डै ४१ अर्ब, कुन कम्पनीको कति ?

काठमाडाैं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०८०/०८१ को पहिलो त्रैमासमा झण्डै ४१ अर्ब रूपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्ममा ४० अर्ब ८० करोड १६ लाख बीमा शुल्क शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १६ बीमा कम्पनीहरुले १ करोड ३८ लाख ६७ हजार ५८१ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् ।

सोही अवधिमा कम्पनीहरूले ३४ अर्ब ८ करोड २० लाख विकरण शुल्क संकलन र ६ अर्ब ७२ करोड २६ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीहरूले असोजमा मात्रै  ९ लाख १७ हजार ४८१ पोलिसी जारी गर्दा ११ अर्ब ६७ करोड ३५ लाख बीमा शुल्क संकलन गरेको छ । सोही अवधिमा कम्पनीहरूले ८३ अर्ब ७२ करोड ९५ लाख नविकरण शुल्क संकलन गरेको छ । कम्पनीहरूले असोजमा ९ अर्ब २८ करोड ७५ लाख नवीकरणीय शुल्क र २ अर्ब ३८ करोड ५९ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असोजसम्ममा १० अर्ब ९५ करोड १ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । सोही अविधसम्ममा नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै १ अर्ब ५९ करोड रूपैयाँ संकलन गरेको छ । असोज महिनामा मात्रै कम्पनीले २ अर्ब ९३ करोड कुल बीमा शुल्क र ५० करोड ७९ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स

धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले असोज मसान्तसम्ममा ४ अर्ब १९ करोड रूपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । इन्स्योरेन्सले असोजमा मात्रै १ अर्ब २८ करोड कुल बीमा शुल्क र ३५ करोड प्रथम बीमा शुल्क संकलन गरेको छ ।

तेस्रोमा राष्ट्रिय बीमा संस्थान ४ अर्ब ५ करोड ६ लाख

असोज मसान्तसम्ममा धेरै बीमा शुल्क संकलन गर्ने तेस्रो कम्नपीमा राष्ट्रिय बीमा संस्थान कम्पनी रहेको छ । उक्त कम्पनीले असोजमसान्तसम्ममा ४ अर्ब ५ करोड ६ लाख कुल बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले असोज महिनामा मात्रै ४८ करोड ७४ लाख कुल बीमा शुल्क र ४ करोड ८५ लाख प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

राष्ट्रिय बीमा संस्थानपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन ४ अर्ब ५० करोड ७८ लाख,हिमालयन लाइफ इन्स्योरेन्स ४ अर्ब ३८ करोड ४ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्स २ अर्ब ३० करोड ४६ लाख, एशियन लाइफ इन्स्योरेन्स १ अर्ब ८६ करोड ९० लाख,सानिमा रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब ५१ करोड ८६ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड ४५ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै मेट लाइफ १ अर्ब ३६ करोड ६७ लाख, आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी १ अर्ब १० करोड २ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १ अर्ब १ करोड २८ लाख, सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८८ करोड ६४ लाख र प्रभु लाइफ इन्स्योरेन्स एक अर्ब १५ करोड १५ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष