२८ लाख घुससहित पक्राउ परेका इन्जिनियर दोषी ठहर

काठमाडौं । २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, मन्थलीका इन्जिनियर नवराज सत्याललाई बिशेष अदालतले दोषी ठहर गरेको हो ।
गत वर्ष २ कात्तिकमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । बिल भुक्तानीका लागि उनले १६ लाख नगद र १२ लाख रुपैयाँको चेक लिएका थिए । उनीसहित पक्राउ परेका पलम्बर बखत बहादुर थापा पनि दोषी ठहर भएका छन् । शुक्रबार फैसला भएपनि उनीहरुको सजाय निर्धारण भने भएको छैन ।
गत वर्ष २६ मंसिरमा आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।
मेरो प्राण भन्दा प्यारो मात्रीभुमी को आज को बिजोग को सर्बप्रथम कारण उच्चस्तरमा बिगत धेरै दशक देखि अबिछिन्न भैईरहेको घुसखोरी नै हो भन्ने ठहर गरेर प्रतेक कर्मचारी तथा नेताहरुले बनायेका र पैतृक तीन पुस्ते सम्पती मात्र छानबिन गरेर रास्टृयकरण गर्न सकेमा मात्र पनि अझै यो देशको भबिस्य उज्ज्वल हुन सक्छ। सबै सम्बन्धित हरुमा चेतना भया!!
जय मात्रीभुमी!