घाइते भएकाहरूको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन, हेलिकप्टर पठाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोटमा शुक्रबार मध्यराति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११स्४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले घाइतेहरूको उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।
सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।
हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया