भूकम्पले ठाउँ-ठाउँमा सुख्खा पहिरो, उद्धारमा कठिनाइ
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँ-ठाउँमा खसेको सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा उद्धार कार्य प्रभावित भएको छ ।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।
जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।
सडक अवरुद्ध हुँदा उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया