जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या एक सय ३३ पुग्यो

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ ।
नेपाली प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार शनिबार बिहान १०ः३० बजेसम्म १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।
भूकम्पमा परि जाजरकोटमा ९५ जनाको मृत्यु भएको छ भने रुकुमपश्चिममा ३८ जनाको मृत्यु भएको छ ।
जाजरकोटका ५५ घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
त्यस्तै रुकुम पश्चिमका ८५ घाइतेमध्ये ४० जना उपचाररत छन् । १५ जनालाई थप उपचारका सुर्खेत रिफर गरिएको छ भने ३० जनालाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकप्प गएको थियो । अहिले सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया