थप जनशक्ति यथाशिघ्र उपलब्ध गराउनेछौँ : चिकित्सक सङ्घ

काठमाडौं । नेपाल चिकित्सक सङ्घले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ ।
सङ्घले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपदमा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाइ सकिएको पनि जानकारी दिएको छ ।
“भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा भएको जनधनको क्षतिले नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ”, सङ्घको विज्ञप्तिमा भनिएको छ, “राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक सङ्घ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखासँग नियमित सम्पर्क भइरहेको र सोहीअनुरुपको व्यवस्था गर्न शाखा कार्यालयलाई परिचालित गरिएको छ ।”
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया