भूकम्पका घाइतेको वीर अस्पतालमा उपचार हुने
काठमाडौं । जाजरकोट र पश्चिम रुकुममा भूकम्पका घाइतेहरुहरुको काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुने भएको छ । वीर र ट्रमाले उपचारका लागि तयारी गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको छ । साथै बिरामी लिनलाई अस्पतालका एम्बुलेन्स विमानस्थल पठाइएको छ । ट्रमा सेन्टरका इमरजेन्सी ३८ बेड भूकम्पका घाइतेका लागि तयारी अवस्थामा राखिएको छ। घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धारको काम भइरहेको छ ।
सुरक्षा निकायबाट प्राप्त पछिल्लो तथ्याङकअनुसार भूकम्पमा एक सय ७५ जनाको मृत्यु भएको छ भने तीन सय ७५ जना घाइते भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया