डोटीमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे २ बजे शिखर नगरपालिका–६ को केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही स्थानकी विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना छन् ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरेर शैलेश्वरी अस्पताल डोटी पु–याइएको अस्पतालले जनाएको छ ।
जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । एक्कासि अनियन्त्रित भएर जिप दुर्घटना भएको बताइए पनि यसको ठोस कारण पत्ता लागेको छैन ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया