टी–२० विश्वकप छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै
काठमाडौं । टि–ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको उपाधिका लागि आज नेपाल र ओमानबीच फाइनल खेल हुँदैछ ।
अर्को वर्ष हुने आइसिसी टी–२० विश्वकपमा स्थान पक्का गरेका दुई देशबीच आइतबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुन लागेको हो ।
आजको खेलमा दुवै टिम जितको खोजीमा हुनेछन् । यसअघि एसिया छनोटमा एउटै समूहमा रहेका यी दुईबीचको प्रतिस्पर्धामा नेपाल ५ रनको झिनो अन्तरमा ओमानसँग पराजित भएको थियो । त्यसैले नेपाल आजको खेलमा ओमानसँग बदला लिन चाहन्छ । त्यसो त, टी–२० आईमा ओमानभन्दा नेपाल अघि छ । यी दुई टोलीबीच हालसम्म पाँच खेल सम्पन्न हुँदा नेपालले तीन र ओमानले दुई खेल मात्र जितेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया