टी–२० विश्वकप छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै
काठमाडौं । टि–ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको उपाधिका लागि आज नेपाल र ओमानबीच फाइनल खेल हुँदैछ ।
अर्को वर्ष हुने आइसिसी टी–२० विश्वकपमा स्थान पक्का गरेका दुई देशबीच आइतबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुन लागेको हो ।
आजको खेलमा दुवै टिम जितको खोजीमा हुनेछन् । यसअघि एसिया छनोटमा एउटै समूहमा रहेका यी दुईबीचको प्रतिस्पर्धामा नेपाल ५ रनको झिनो अन्तरमा ओमानसँग पराजित भएको थियो । त्यसैले नेपाल आजको खेलमा ओमानसँग बदला लिन चाहन्छ । त्यसो त, टी–२० आईमा ओमानभन्दा नेपाल अघि छ । यी दुई टोलीबीच हालसम्म पाँच खेल सम्पन्न हुँदा नेपालले तीन र ओमानले दुई खेल मात्र जितेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया