मन्त्रिपरिषद् बैठकको निर्णयः घाइते सबैको उपचार निःशुल्क, एकद्वार प्रणालीबाट राहत

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइतेको निशुल्क उपचार गर्नेदेखि प्रभावित क्षेत्रमा राहत वितरणबारे निर्णय गरेको छ ।
आइतबार विहान सिंहदरबारमा बसेको बैठकले घाइते सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । योसँगै भूमक्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ ।
त्यसका लागि विभिन्न संघ संस्था, राजनीतिक दल या सहयोगी संस्थाले गर्ने सहयोग सरकारी कोषमै जम्मा गर्नुपर्ने हुन्छ । सरकारले सबैको सहयोगलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने जनाएकोे छ ।
राहत संकलनका लागि पहिलो केन्द्र सुर्खेत र दोस्रो नेपालगञ्ज बनाउने सरकारको तयारी छ । योसँगै जिल्ला स्तरीय संयन्त्राई विपद् पूर्व तयारीका लागि प्रभावकारी बनाएर लैजाने नीतिगत निर्णय भएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया