NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भूकम्पमा आमाबुबा गुमाएका बालबालिकालाई एलएले निशुल्क शिक्षा प्रदान गर्ने

काठमाडाैं । कर्णाली प्रदेशअन्तर्गत जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पमा परी आमाबुबा दुवै गुमाएका बालबालिकालाई एलए (लिटल एन्जेल्स) एजुकेसन ग्रुपले नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ।

ग्रुपका संस्थापक उमेश श्रेष्ठले सामाजिक सञ्जालमा ट्वीट गर्दै भूकम्पमा आमाबुबा गुमाएका ५ जना छात्र र ५ जना छात्रा गरेर १० जना बालबालिकालाई उच्च माध्यामिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षा संस्थाबाट नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।

ट्वीटमार्फत उनले निशुल्क शिक्षा प्रदान गर्न न्युनतम २ करोड रूपैयाँको छात्रवृति उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेका छन् ।