नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा मधेश प्रदेशमा
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
योसंगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डे ले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरे ।
मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह टोलीलगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए ।
बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया