NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य पाँच सय रूपैयाँ घटेर एक लाख १५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख१५ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य स्थिर छ । सोमबार चाँदी आइतबारकै मूल्य एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ ।