ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा पोखरेल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिले पोखरेललाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।
पोखरेलसंग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा स्थापित पोखरेल यस अघि आइएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भुमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् ।
नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहि उक्त कम्पनीलाई थप उचाईमा पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भुमिका रहने बताए ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३७३ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया