साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई ५ बोरासम्म चिनी उपलब्ध गराउँदै
काठमाडौं । तिहार नजिँदै गर्दा बजारमा चिनीको माग अत्याधिक हुने भएकाले चिनीको अभाव कम गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेको छ। कर्पोरेशनले ५० केजीको पाँच बोरासम्म चिनी उपलब्ध गराइने जनाएको छ ।
चिनी लिनको लागि खुद्रा व्यापारीले व्यवसाय दर्ताको सक्कल प्रमाणपत्र र प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, पसल रहेको स्थानको विवरण र सम्पर्क मुख्य व्यक्तिको नाम तथा सम्पर्क नम्बर आवश्यक पर्ने छ। कर्पोरेशनले उनीहरुलाई कर्पोरेशको कार्यालय कालिमाटीबाट प्रतिकेजी १ सय १२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिएको जनाएको छ ।
खुद्रा विक्रेताले खरिद गरी लगेको चिनी उपभोक्तालाई बढीमा १ सय १८ रुपैयाँ केजीमा सुलभ तरिकाले चिनी उपलब्ध गराउनुपर्नेछ।
दैनिक रुपमा चिनी खरिद गरेर लाने पसलको विवरण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने कर्पोरेशनले जनाएको छ। व्यक्तिगत प्रयोजनका लागि भने कर्पोरेसनले प्रतिकेजी ९७ रुपैयाँमा बढीमा २ केजीका दरले चिनी उपलब्ध गराइरहेको कर्पोरेशनले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया