गोठमा पेस्तोल लुकाएर युवक फरार
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२ कार्की टोल बस्ने ३१ वर्षीय रञ्जन बानियाको गोठको छानोमा लुकाई राखेको एकनाले कटुवा पेस्तोल १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सिम्ले र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
हाल फरार रञ्जनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । बानिया अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया