NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

गोठमा पेस्तोल लुकाएर युवक फरार

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२ कार्की टोल बस्ने ३१ वर्षीय रञ्जन बानियाको गोठको छानोमा लुकाई राखेको एकनाले कटुवा पेस्तोल १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सिम्ले र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

हाल फरार रञ्जनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । बानिया अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।